नुवाकोटमा ठूलो बिजुलीको पोलमा चढे एक व्यक्ति, फकाउँदै प्रहरी

नुवाकोट। नुवाकोटमा ठूलो बिजुलीको पोलमा एक अज्ञात व्यक्ति चढेपछि तनाव उत्पन्न भएको छ।

जिल्लास्थित ककनी नगरपालिका वडा नं ७ को बिजुलीको पोलबाट ती व्यक्ति तारमा झुन्डिरहेका छन्। उनलाई यतिबेला प्रहरीले तल झर्न भनिरहेका छन्।

फकाउँदासमेत उनी तल झर्न मानेका छैनन्। तारमा ती व्यक्ति झुन्डिएपछि यतिबेला ६० मेगावाटको त्रिशुली थ्री ए आयोजना नै बन्द गर्नु परेको छ। करेन्ट लाग्नसक्ने आसंकामा विद्युत बन्द गरिएको हो।

आयोजना ठप्प हुँदा काठमाडौंको विद्युत व्यवस्थापनमा समेत समस्या परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ।

पोल चढेर तारमा झुन्डिएका ती व्यक्तिको मानसिक अवस्था कमजोर भएको आशंका गरिएको छ।


प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय