उद्धार गरिँदै

काठमाडौँ। नुवाकोटमा एक पुरुषले विजुली प्रशारण लाइनमा चढेपछि स्थानीय वासिन्दा र प्रहरीलाई हैरानी खेलाएका छन्।

कंकनी गाउँपालिका ७ मा बिजुलीको तारमा बेलकोटगढी नगरपालिका १३ घलेगाउँका ४४ वर्षीय माइला बिक हिँडिरहेका छन्।जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार उनी मानसिक रूपमा अस्वस्थ रहेको र परिवारसँग पनि झगडा गरेर हिँडेको बुझिएको छ।



प्रहरीले सम्झाइ झार्ने प्रयास गरे पनि उनी झर्न मानेका छैनन्। उनको उद्धारका लागि विद्युत प्राधिकरणलाई पनि अनुरोध गरिएको छ।उनी प्रशारण लाइनमा चढेपछि माथिल्लो त्रिशुली थ्री ए र केही साना जलविद्युत आयोजनाको उत्पादनसमेत बन्द गरिएको छ।

यसैबीच बिकको उद्धार सेनाले गर्ने भएको छ। हेलिकप्टर तथा केही उपकरण प्रयोग गरी उनलाई उद्धार गरिने बताइएको छ।यस्तै सो प्रसारण लाइनको विजुली काटिँदा नेपाल विद्युत प्राधिकरणलाई ६० लाख घाटा भएको जानकारी दिइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय