असारमा पनि निक्षेपको ब्याजदर नबढ्ने

काठमाडौं : वाणिज्य बैंकहरुले असारमा पनि निक्षेपको ब्याजदर नबढाउने भएका छन् । ब्याजदर बढाउँदा पनि थप निक्षेप नआउने निष्कर्षका आधारमा बैंकहरुले असार महिनाका लागि ब्याजदर स्थिर राख्ने भएका हुन् । वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले जेठ महिनाकै ब्याजदरलाई असारमा पनि निरन्तरता दिने सहमति गरेको हो ।

संघका अध्यक्ष अनिल उपाध्यले बैंकहरुबीच ब्याजदर नबढाउने मौखिक सहमति भएको बताए । उनले भने, ‘आधिकारिक रुपमा भने भोली निर्णय हुन्छ ।’ अहिले वाणिज्य बैंकहरुले साधारण मुद्दतिमा ११.०३% ब्याज दिँदै आएका छन् भने संस्थापक निक्षेपमा १०.०३% र रेमिटेन्स निक्षेपमा १२.०३% ब्याज दिँदै आएका छन् । सहमति अनुसार यहि ब्याजदर असार महिनामा पनि कायम रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय