कतार एअरवेजले पेन्ट उक्किएपछि एअरबससँग माग्यो १ अर्ब अमेरिकी डलर

काठमाडौं। कतार एअरवेजले आफ्नो विमानको पेन्ट उक्किएपछि विमान निर्माता कम्पनी एअरबससँग १ अर्ब अमेरिकी डलर क्षतिपूर्ति मागेको छ।

आफूले बनाउन दिएको विमानमा राम्रो काम नगरेका कारण सो विमानको रङ उक्किएको भन्दै कतार एअरवेजले एअरबससँग क्षतिपूर्ति माग गरेको हो।एएफपीका अनुसार कतार एअरवेजको २३ ए३५० जेट विमानको रङ उक्किएको छ जसकारण सो विमानलाई हाल प्रयोगमा ल्याइएको छैन।


कतार एअरवेजका कार्यकारी प्रमुख अकबल अल बाकरका अनुसार एअरबसले खराब काम गरेको छ र क्षतिपूर्ति दिन आनाकानी गरिरहेको छ।आफू एअरबसको इमानदार ग्राहक भएकाले उनीहरुको दादागिरी नसहने उनले बताएका छन्।

यतिबेला बेलायतको अदालतमा एअरबसविरुद्ध मुद्दा दायर भएको छ। कतार एअरवेजले क्षतिपूर्ति माग गरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय