आदर्श लघुवित्तको आईपिओ  बाँडफाँड कहिले होला त ? यस्तो छ जवाफ

आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) मा अन्तिम दिनसम्म पनि आवेदनको ओइरो लागेकाे थियो ।

हालको अवस्था हेर्ने हो भने आदर्श लघुवित्तको आईपिओ पर्ने सम्भावना भनेको जम्मा ० दशमलब ३४ ले मात्र १० कित्ताका दर ले पाउने छन् भने बाकी ९९ दशमलभ ६४ को हात खाली जाने छ।

सीडीएसका अनुसार अन्तिम दिन आइतबार साँझ ५ बजेसम्म १७ लाख ९६ हजार ६ सय ८४ जना आवेदकहरुले २ अर्ब १ करोड ४२ लाख ६१ हजार रूपैयाँ बराबरकाे २ करोड १ लाख ४२ हजार ६ सय १० कित्ताका लागि आवेदन दिएका थिए ।

कहिँले हुन्छ त बाडफाड ?
बि.ओ.के क्यापिटलका अनुसार सबै सक्नु पर्ने काम सकेको र सकभर प्रि-अलोटमेन्ट भोलि गरेर १३ र १४ गते भित्र आईपिओ बाँडफाँड उक्त क्यापिटलकै कार्यालयमै गर्ने तयारी रहेको कुरा मेरो शेयेरबजारसँग बताएका छन्

संस्थाले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ६७ लाख रूपैयाँ बराबरकाे ६७ हजार कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ६२ हजार ६१५ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय