माओवादी बैठक : अर्थमन्त्रीले भने- म निर्दोष छु

बैठकमा पार्टी अध्यक्ष प्रचण्डले अर्थमन्त्रीमाथि उठेको प्रश्न गम्भीर बन्दै गएको बताएका थिए । सरकार र पार्टीका शीर्ष नेताहरूलाई पनि जोडेर सञ्चारमाध्यमहरुले अतिरञ्जित समाचारहरुसमेत दिन थालेको भन्दै चाँडै निष्कर्षमा पुग्नुपर्ने उनको राय थियो । प्रचण्डले अर्थमन्त्रीलाई राजीनामा सुझाव भने दिएनन् ।

बैठकमा सहभागी अर्थमन्त्री जनार्दन शर्माले यस प्रकरणमा आफू निर्दोष रहेको बताएका थिए । अर्थमन्त्रालयमा भएको सीसीटीभीको प्रणालीमै १३ दिनभन्दा बढी स्टोरेज नरहने उनले जिकिर गरे । बैठकमा डिलिट भएको फुटेज रिकभर गर्न सकिने सम्भावनाबारे पनि छलफल भएको पूर्वस्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।


सकेसम्म आजै एमालेसँग निकासका लागि छलफल गर्ने निर्णय भएको उनको भनाइ छ ।‘प्रधानमन्त्रीसँग त निरन्तर कुराकानी भइरहेकै छ । अर्थमन्त्रीको राजीनामा मागिरहेको प्रमुख प्रतिपक्षी एमालेसँग पनि छलफल गर्ने निस्कर्ष निकालेका छौं,’ उनले नेपाल प्रेससँग भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय