जनताले अनुमति दिनुस् टायर बा’लेर ल’डौं की ब’न्दुक बोकेर?: विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले देश गम्भीर संकटमा फस्दै गएको बताएका छन्।

काठमाडौंमा पार्टी निकट युवा संगठनको भेलामा विभिन्न पार्टी परित्याग गर्दै आउनेहरुलाई स्वागत गर्दै विप्लवले युवाहरु अब देश बचाउने अभियानमा लाग्नुपर्ने बताए।नेपालमाथि अहिले चौतर्फी विदेशीहरुको हमला सुरु भएको भन्दै देश बचाउने अभियानको नेतृत्व अब आफ्नो पार्टीले गर्ने बताए।


युवाहरुसँग विप्लवले भने-‘देश बेच्नु हुँदैन/ देश बेच्न दिइदैन। जुनसुकै मन्चमा गएर अब जनतालाई सोध्नुपर्छ। हामी टायर बा लेर लडौं की, चक्काजाम गरेर लडौं की ब न्दुक बोकेर?’

काठमाडौंमै नेपालको ठूलो जनसंख्या रहेको भन्दै अब हरेक घरघरमा गएर कस्तो तरिकाले क्रान्ति अगाडि बढाउने भन्नेबारे जनतासँग अनुमति माग्नुपर्ने विप्लवको भनाई छ।

आफ्नो पार्टी जनमत अनुसार अगाडि बढ्न तयार रहेको भन्दै विप्लवले जनताले हरेक मुद्धामा साथ दिनुपर्ने बताए। नेपालबाट दलाल पुजिवाद सत्तालाई ढाल्नु नै आफूहरुको अन्तिम लक्ष्य रहेको विप्लवको भनाई छ।

फरक प्रसंगमा उनले जनतालाई आन्दोलनमा होमेर जानेहरुको कुनै मूल्य नभएको समेत बताए। पछिल्लो समय नेकपाबाट केन्द्रीय नेताहरुनै पार्टी परित्याग गर्दै अन्य पार्टीमा जान थालेपछि विप्लवले उनीहरु मूल्यहिन भएको बताए।

आफूहरु अन्तिमसम्म पनि क्रान्तिको पक्षमा रहेर लड्ने उनको प्रतिवद्धता छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय