ठेलामा मकै पोल्ने आचार्य दम्पत्तिका २ छोरालाई १२ कक्षा सम्म निशुल्क पढाईदिने

यतिबेला काठमाण्डौको चर्चाको बिषय ठेलागाडामा मकै पोलेर जिवन चलाईरहेको आचार्य दम्पत्तिको रहेको छ । फुटपातमा संचालन भईरहेका पसलहरु हटाउने कार्यमा जुटेका काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह अर्थात बालेन शाह यसैकारण थप आलोचित हुन पुगे । तर यहि दम्पत्तिलाई खुशीको खबर आएको छ ।

बालुवाटार सडक क्षेत्रमा मकै पोलेर जीवीका चलाउँदै आएका चेतेन्द्र आचार्य र सीता आचार्यका दुई छोराहरुलाई कोस्मोपोलिटन सेकेन्डरी स्कुलले कक्षा १२ सम्मको अध्ययन निशुल्क गराइदिने निर्णय गरेको छ । यस्को सम्पुर्ण जिम्मेवारी नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले लिएका छन् ।

बस्नेतको सहकार्यमा उक्त स्कुलले उनीहरुलाई निशुल्क अध्ययन गराइदिने भएको हो । त्यस्तै समाजसेवी रामकुमार थापा र मसीना खड्काले पनि आचार्य दम्पत्तिको दुई छोराहरुका लागि स्टेशनरी र पोशाक खर्चका लागी भन्दै २० हजार आर्थीक सहयोग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय