जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे निधन

जापानका पूर्वप्रधानमन्त्री शिन्जाे आबेकाे ६७ वर्षकाे उमेरमा निधन भएकाे छ । गाेली प्रहार भएपछि गम्भीर घाइते हुनुभएका आबेकाे निधन भएकाे जापानका सञ्चारमाध्यमले जनाएका छन् ।

नारा सहरमा भएको एक चुनावी कार्यक्रममा भाषण दिइरहेको अवस्थामा आज शुक्रवार बिहान पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार भएको थियाे । आक्रमणकारीले आबेलाई दुई पटक गोली प्रहार गरेका थिए ।

आबेमाथि गोली प्रहार गर्ने ४१ वर्षका एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ती पुरुषमाथि अनुसन्धान जारी राखेकाे छ ।

जापानी पूर्वप्रधानमन्त्री आबेमाथि गाेली प्रहार भएपछि विश्वभरिबाट नेताहरूले घटनाकाे निन्दा गर्दै स्वास्थ्य लाभकाे कामना गरेका थिए ।

६७ वर्षका सिन्जाे आबे जापानमा सबैभन्दा लामो समय प्रधानमन्त्री बन्ने नेता हुनु हुन्थ्याे । सन् २००६ देखि २००७ सम्म र सन् २०१२ देखि २० सम्म गरी नाै वर्षभन्दा लामो समय उहाँ जापानको प्रधानमन्त्री बन्नुभएको थियाे ।

सन् २०२० मा स्वास्थ्यमा समस्या देखिएपछि उहाँले पद छाड्नुभएको थियो । युद्धपछिको जापानलाई समृद्ध बनाउन र सुनामीले ध्वस्त बनाएका संरचना पुनर्निर्माण गर्न उहाँको ठूलो भूमिका रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय