राप्ती हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न , यस्तो छ नतिजा हेर्ने तरिका

काठमाडौं : राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सनको आइपीओ आज सोमबार (साउन ९ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल २ लाख १७ हजार ६९४ जना सर्वसाधारण लगानीकर्ताहरुले सेयर पाएका छन् । उनिहरु सबैले १० कित्ताका दरले सेयर पाएका हुन् । यो आइपीओमा कुल १४ लाख ९१ हजार ७२२ जनाले आवेदन दिएकामा १ हजार ४२४ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ ।

कम्पनीले असार २९ गतेबाट साउन १ गतेसम्म कुल २३ लाख ६६ हजार २४० कित्ता आइपीओ जारी गरेको थियो । जसमध्ये ५% अर्थात् १ लाख १८ हजार ३१२ कित्ता सामूहिक लगानी कोष र ३% अर्थात् ७० हजार ९८८ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी २१ लाख ७६ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, राप्ती हाइड्रोको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ । नतिजा हेर्न भने केही समय प्रतिक्षा गर्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय