श्वेतगंगा हाइड्रोको आईपिओ बाँडफाँड मिति तय

श्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडले सर्बसाधारणलाई निष्काशन गरेको आईपिओ बुधबार बाँडफाँड हुने भएको छ । बिक्रि प्रबन्धक सानिमा क्यापिटलले बुधबार बिहान ९ बजे शेयर बाँडफाँड गर्ने जनाएको हो ।

कम्पनीले साउन ४ गतेदेखि साउन ८ गतेसम्म सर्बसाधारणलाई आईपिओ बिक्रि खुला गरेको थियो । कम्पनी सर्बसाधारणलाई २३ लाख ८९ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ५ प्रतिशतले हुन आउने १ लाख १९ हजार ४ सय ७५ कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो। बाँकि रहेको २२ लाख ७० हजार २५ कित्ताको लागि सर्बसाधारणले आवेदन दिन सक्ने ब्यबस्था थियो।

कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीयलाई शेयर निष्काशन गरि बाँडफाँड गरि सकेको छ । कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुङ्गा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मे.वा. क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस आयोजनाबाट उत्पादन हुने विद्युतिय उर्जालाई नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भी. न्यु खिम्ती सव–स्टेशनमार्फत राष्ट्रिय प्रशारण प्रणालीमा जोड्ने योजना रहेको छ ।

यो सानिमा समुह अन्तर्गतको कम्पनी हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय