काठमाण्डौ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले विशेष साधारणसभा आउँदो भदौ १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बालुवाटारस्थित डेलिस ओपेरा रेस्ट्रो एन्ड बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले बोनस सेयर वितरण र सुनकोशी हाइड्रोपावर कम्पनीको प्राप्तिपश्चात कायम हुन आउने चुक्तापुँजीको ५० प्रतिशत अर्थात १०ः५ अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति प्रदान गर्नेछ।
सोही सभाले हकप्रद सेयर जारी र सुनकोशी हाइड्रोपावर प्राप्तपछि कम्पनीको पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रमा संशोधन गर्ने अर्को विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ।
सभाले कम्पनीको रु. १०० प्रतिकित्ताको २२ हजार ४७० कित्ता साधारण सेयरबापत जम्मा ७ लाख २५ हजार रुपैयाँको आंशिक भुक्तानी मात्र प्राप्त भएको देखिएकोले कम्पनीको हिसाबमा १५ लाख २२ हजार भुक्तानी प्राप्त नभएको देखिँदै आएकोले हिसाब मिलान गर्नका लागि उक्त २२ हजार ४७० कित्ता सेयरलाई व्यवस्थापन गर्नुपर्ने देखिएकोले उक्त सेयर व्यवस्थापन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने अर्को विशेष प्रस्ताव पनि पारित गर्नेछ।
विशेष साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ २ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ १ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको विशेष साधारणसभामा भाग लिन योग्य हुनेछन्।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host