अभियान लघुवित्तको आइपीओ बाँडफाँट हुने समय तय, सोमबार बिहान कति बजे हुँदैछ ?

काठमाडौं : अभियान लघुवित्तको आइपीओ सोमबार (साउन ३० गते) सोमबार बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा बिहान ९ बजे बाँडफाँट गर्ने तयारी गरिएको छ। यता, अभियान लघुवित्तको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा २५.२९ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ । जसमा ९१ हजार ३७५ जनाले मात्र सेयर हात पार्नेछन् ।

बाँकी १९ लाख ५१ हजार ६४५ जनाको भने हात खाली हुनेछ । यसमा कुल २० लाख ४३ हजार २० जनाले २ करोड ३१ लाख १६ हजार ९० कित्ताका लागि आवेदन दिएका छन् । कुल २ अर्ब ३१ करोड १६ लाख १९ हजार रुपैयाँ बरारको आवेदन परेको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो ।

यो मध्ये ५% अर्थात् ४८ हजार ७५० कित्ता सामुहीक लगानी कोष र ०.५% अर्थात् १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका हुन् । इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय