धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँट मिति परिवर्तन , पर्सि हुने भनिएको बाँडफाँट कुनै पनि काम नरहेकाले भोलीनै गरिने..

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि २९ गतेसम्म निष्काशन गरेको शेयर भदौ ६ गते (सोमबार) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सनराईज क्यापिटलको कार्यालय कमलपोखरीमा शेयर बाँडफाँट हुने भएको हो ।

सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले आजै प्रिअलमेन्ट सकाएर भोली सोमबार बाँडफाँट गर्ने तयारी भएको मेरोसेयेरबजारलाई जानकारी गराए ।

लघुवित्तको आईपीओमा पछिल्लो तथ्यांक अनुसार १९ लाख ५२ हजार ४६० जना आवेदनबाट २ अर्ब १७ करोड २१ लाख ५७ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २१ हजार ५७० कित्ता शेयरको लागि आवेदन परेको छ ।

यो सर्वसाधारणलाई निष्काशन गरेको ३ लाख ८ हजार २९५ कित्ता शेयरको ७०.४५ गुणा बढी हुन आउँछ ।

लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत अर्थात ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गरेको हो ।

त्यसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । बाँकी रहने ३ लाख ८ हजार २९५ कित्ता शेयर मात्रै सर्वसाधारणलाई बाँडफाँट हुनेछ ।

लघुवित्तले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ३० हजार ८२९ जनाले मात्रै शेयर पाउनेछन् ।

हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ । आईपीओ बाँडफाँट पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय