असोज ३० गते, आइतबार, स्पेशल प्रि ओपन सेसनमा पिपुल्स पावर लिमिटेडको पहिलो कारोबार भएको छ। यस दिन कम्पनीको शेयर प्रतिकित्ता २८४ रुपैयाँ १० पैसामा पहिलो कारोबार भएको हो। यस दिन सयपत्री हाइड्रोपावरको भने कारोबार हुन सकेन।
यी दुई कम्पनीको शेयर गत बिहीबार नेप्सेमा सूचीकृत भएको थियो।
पिपुल्स पावर (PPL) ले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई वितरण गरिएको ६ लाख ३२ हजार ६०० कित्ता, सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरिएको २४ लाख ६७ हजार ४०० कित्ता र संस्थापकहरुले लगानी गरेको ३२ लाख २६ हजार कित्ता गरी ६३ लाख २६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।
कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ९४ रुपैयाँ ९६ पैसा देखि २८४ रुपैयाँ ८८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। कम्पनीको शेयर पीपीएल संकेतमा कारोबार भएको हो।
यस्तै सयपत्री हाइड्रपावर (SPHL) ले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई वितरण गरिएको ३ लाख कित्ता, सर्वसाधारण शेयरधनीहरुलाई निष्काशन गरिएको ६ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको २१ लाख कित्ता गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत भएको थियो।
कम्पनीको शेयरलाई नेप्सेले न्युनतम ६४ रुपैयाँ ९६ पैसा देखि १९४ रुपैयाँ ८८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। अब कम्पनीको पहिलो कारोबार सोमबार स्पेशल प्रि ओपन सेसनमा हुनेछ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host