देउवालाई ‘लाईभ डिबेट’मा आउँन ओलीको चुनौती

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई लाइभ बहसको लागि आउँन चुनौती दिएका छन्। विदेशमा निर्वाचन अगाडी ‘लाईभ डिबेट’ को अभ्यास रहेको र सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले आफुलाई ‘लाईभ डिबेट’मा आउन आग्रह गरेकोले ओलीले आफु यसको लागि तयार रहको बताएका हुन्।

अध्यक्ष ओलीले एजेण्डामा आधारित बहसका लागि आफु तयार रहेको बताउदै देउवालाई बहसमा आउँन चुनौती दिएका छन्। ओलीले देउवा यसको लागि तयार हो कि होइन भन्दै प्रश्न समेत गरेका छन् ।

अध्यक्ष ओलीले भनेका छन् ‘ सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट’मा आउन आग्रह गर्नु भएको छ। धेरैजसोले मेरो र नेकॉका सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ। निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?’

आगामी मङ्सिर ४ गते निर्वाचनमा एमालेले ओलीलाई भावी प्रधानमन्त्रीको रुपमा अगाडी सारेको छ । तर गठबन्धनले पनि भावी प्रधानमन्त्रीको रुपमा एउटा मात्र नाम प्रस्ताव गर्न सकेको छैन । गठबन्धनबाट कांग्रेस भित्रै प्रधानमन्त्रीका आधा दर्जन आकांक्षी छन् भने मावोबादी अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष माधव नेपाल पनि प्रधानमन्त्रीका आकाक्षी हुन् ।

विदेशमा प्रधानमन्त्री वा राष्ट्रपतिका प्रस्तावित उम्मेदवारबीच खुला बहस हुने गरेको छ । ओलीले पनि विदेशमा हुने जस्तै गरि एजेण्डामा आधारित लाइभ डिबेटको लागि देउवालाई निम्तो दिएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय