नेपाल रिपब्लिक मिडियाले माग्यो आईपिओ निष्काशन अनुमति

नेपाल रिपब्लिक मिडिया लिमिटेडले आईपिओ निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । कम्पनीले कार्तिक २ गते बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले ४३ करोड ५३ लाख बराबरको ४३ लाख ५३ हजार कित्ता बराबरको शेयर निष्काशन गर्न लागेको हो । शेयर निष्काशनको लागि मेगा क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।

नेपाल रिपब्लिक मिडियाले नागरिक राष्ट्रिय दैनिक र रिपाब्लिका पत्रिका प्रकाशन गर्दै आएको छ। पछिल्लो समय मिडियाहरु पनि शेयर निष्काशन गर्न तयारी गरिरहेका छन् । कान्तिपुर मिडिया र जनता टेलिभिजनले पनि आईपिओ निष्काशन गर्ने तयारी गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय