निफ्राले लाभांश प्रस्ताव पारित गर्न मंसिर १० मा बोलायो एजीएम, बुक क्लोज कहिले ?

काठमाडौ : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले मंसिर १० गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभामा कम्पनीले ४.२१% नगद लाभांश(कर सहित) दिने प्रस्ताव पेश गर्नेछ । सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।



त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । बैंकको प्रबन्धपत्र संशोधन गर्ने र सोका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ ।



सभा प्रयोजनका लागि कम्पनीले मंसिर १ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, कात्तिक ३० गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । सभा अनुपम फुडल्याण्ड एन्ड ब्याङ्क्वट, बत्तिसपुतली, काठमाडौंमा बिहान ९ बजेबाट सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय