अब २० भन्दा बढी कम्पनीहरुले जारी गर्दैछन्  १५ अर्बको आइपीओ , पैसा तयारीमा राख्न अनुरोध

आइपीओ निष्कासनकाे लागि झण्डै ३ दर्जन कम्पनी पाइपलाइनमा देखिएका छन्। आइपीओ जारी गर्नको लागि हाल ३५ वटा कम्पनी धितोपत्र बोर्डको अनुमतिको पर्खाइमा रहेका छन्।

धितोपत्र बोर्डका अनुसार अहिले ३५ वटा कम्पनीले १४ अर्ब ९७ करोड रुपैयाँभन्दा धेरैको आइपीओ जारी गर्नको लागि बोर्डमा आवेदन दिएका छन्। बुक विल्डिङमा आइपीओ जारी गर्न लागेको कम्पनीलाई समेत गणना गर्ने हो भने यो रकम अझै बढ्छ। आवेदन दिने आधा दर्जन बढी कम्पनीहरुको आइपीओ स्वीकृत हुने अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ।

आइपीओ निष्कासन गर्नेमा धेरै हाइड्रोपावर कम्पनीहरु रहेका छन्। आइपीओ निष्कासनको तयारीमा रहेका ३५ कम्पनीमा २० वटा हाइड्रोपावर कम्पनी रहेका छन्।

आइपीओ जारी गर्ने अनुमति मागेका कम्पनीमा २ वटा कम्पनीले प्रिमियममा आइपीओ जारी गर्ने तयारी गरेका छन्। रिलायन्स लाइफ इन्स्योरेन्स र घोराही सिमेन्टले प्रिमियममा आइपीओ जारी गर्ने तयारी गरेका छन्। यस्तै सर्बोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स बुक बिल्डिङ माध्यमबाट आइपीओ जारी गर्ने तयारीमा छन्। अन्यले भने एक सय रुपैयाँ अंकित दरमा नै आइपीओ बिक्रीमा ल्याउने छन्।

धितोपत्र बोर्डमा एक वर्ष अघिदेखि आइपीओ जारी गर्न स्वीकृति मागेका कम्पनीहरुले समेत अझै आइपीओ निष्कासनको अनुमति पाउन सकेका छैनन्। आइपीओ जारी गर्ने अनुमति पाउने वित्तीकै आइपीओ बिक्रीमा ल्याउने योजना कम्पनीहरुको रहेको छ।

पछिल्लो समय आइपीओमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ। आइपीओबाटै राम्रो आम्दानी हुने भएपछि पछिल्लो केहि वर्षयता आइपीओ भर्ने लगानीकर्ताको सँख्या ह्वातै बढेको छ भने कम्पनीले बिक्रीमा ल्याएकाे भन्दा कयौ गुणा बढी आवेदन पर्ने गरेको छ।

अहिले डिम्याट खाताको सँख्या ५४ लाख बढी पुगेको छ। हरेक आइपीओमा १५ लाख बढीले आवेदन गर्दै आएका छन्। जसले गर्दा कम्पनीहरुले बिक्रीमा ल्याउने आइपीओ सहजै बिक्री हुने गरेको छ।

अहिले दोस्रो बजारमा खरिदकर्ता न्यून देखिएपनि आइपीओमा भने लगानीकर्ताकाे आकर्षण कायमै रहेको देखिन्छ। राम्रा कम्पनीको १० कित्ता आइपीओ पर्दा पनि छोटो समयमानै मनग्य आम्दानी गर्न सकिने भएकोले पनि आइपीओमा आकर्षण कायमै रहेको छ।

तिहारपछि धितोपत्र बोर्डले अनुमति दिएपछि धेरै कम्पनीले सर्वसाधारणमा आइपीओ जारी गर्ने छन्। तिहारको पैसा जोगाएर आइपीओमा लगानी गर्दा समेत त्यसमा राम्रो मुनाफाको अवसर आउन सक्छ।

यस्तै बाराही हाइड्रोपावरले आइपीओ जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ। हाल उक्त हाइड्रोपावरले स्थानीयमा आइपीओ बिक्री गरिरहेको छ। भने स्थानीयलाई आइपीओ बिक्री गरिसकेपछि सर्वसाधारणको लागि आइपीओ बिक्री खुल्ला गर्ने छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय