राष्ट्रपतिको सिफारिस पछी १० वर्ष जेल बसेर छुटेको एक महिनामै अर्को ह’त्या

नवलपरासीबाट जन्मकैदको सजाय पाएका सुरेश घटनाको १० बर्ष पनि नपुग्दै भीमफेदी कारागारबाट कैद मिनाहा भई छुटेका थिए ।

सुरेश र जीवनको भेट भीमफेदी कारागारमा भएको थियो । उनीहरू कारागारमा मिल्ने दोस्ती भएका थिए । केही महिना अगाडि मात्रै छुटेका जीवनलाई खोज्दै गत असोज ३ गते छुटेका सुरेश गैंडाकोटबाट माडी पुगेका थिए ।

माडीमा जीवनको दाइको फर्निचर उद्योगमा दुबै जना काम गर्दथे । जीवनको दुई विघा जग्गामा खेती लगाउन पनि सुरेशले सघाउँदै आएको प्रहरीको भनाई छ । तर, उनीहरुबीच पछिल्लो समयमा खाना पकाउने र खाने विषयमा झैझगडा हुने, राति मदिरा सेवन गर्ने क्रम चलेको थियो ।



तिहारको टीका लगाउन जीवनकी पत्नी माइत गएपछि जीवन र सुरेश मात्रै घरमा थिए । जीवनका दाइहरुसमेत कोही नभएको मौका पारेर सुरेशले उनको हत्या गरेको प्रहरीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी नवराज अधिकारीले सर्वश्वसहित जन्मकैदको फैसला भएको ब्यक्ति १० बर्षमा, त्यो पनि संविधान दिवसको दिनमा छुटेर छुटेको १ महिना पुग्दा नपुग्दै थप दुई जनाको ह त्या गर्न खोज्नु दुःखद र बिडम्वना भएको बताए ।

अभियुक्तमा रक्तिभर पनि हिनतावोध वा गल्ती गरेको महसुस नै नभएको प्रहरी प्रमुख अधिकारी बताउँछन् ।- सुवास पण्डित/onlinekhabar

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय