केपी ओली – घोषणापत्रमा गरिएका २० ग्यारेन्टी पूरा नभए मसँग हिसाब माग्न सकिन्छ

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनावी घोषणा पत्रमा गरिएका २० वटा ज्ञारेन्टी राष्ट्र बैंकले नोटमा गरेको ज्ञारेन्टीजस्तो भएको बताएका छन् । घोषणापत्रमा गरिएका कुराको भुक्तानी एमालेले गर्ने ओलीले बताए ।

मंगलवार काठमाडौंमा चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित कार्यक्रममा बैंकर अनिल केशरी शाहसँगको ‘लाइभ डिबेट’का क्रममा ओलीले एमालेले घोषणापत्रमा गरेका प्रतिबद्धता उधारो नभएको बताएका हुन् ।


‘सबै पार्टीले चुनावमा घोषणापत्र जारी गरेका छन्, कार्यान्वयन गर्ने होइनन् । एमालेको घोषणापत्र बरफको डल्लो होइन हराएर जाओस् । मंसिर ४ – एमाले सरकार, हाम्रो विश्वास हो’, ओलीले भने, ‘गर्भनरले हस्ताक्षर गरेको नोटमा नेपाल राष्ट्र बैंकको भुक्तानी आएमा रु यति दिइनेछ भनेर लेखिएको हुन्छ, त्यो कागजको टुक्रा मात्र होइन ।

यो एउटा कागजको पिस होइन । सेन्ट्रल बैंकले जस्तै हरेक अक्षरको ज्ञारेण्टी हामी लिन्छौँ । घोषणापत्रमा गभर्नरको सिग्नेचर गरेर पठाएको छ । यसको भुक्तानी जनताले हामीसँग माग्न सक्छ, यसको भुक्तानी गर्न तयार छौँ ।’ एमालेले चुनावी घोषणापत्रमा आफ्नो नेतृत्वमा सरकार बने गर्ने २० ज्ञारेन्टीको सूची सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय