देउवालाई स्वागत गर्न प्रतिष्पर्धी सागर ढकाल पनि लाइनमा

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आजदेखि जिल्लामा चुनावी अभियान थालेका छन् । उनी अहिले डडेल्धुरा पुग्दैछन् ।

अहिले डडेल्धुरा पुग्दै गरेका देउवालाई उनकै प्रतिष्पर्धी सागर ढकाल पनि स्वागतका लागि उभिएका छन् । देउवा केहीबेरमा त्यहाँ पुग्दैछन् । ढकालले पत्रकारसँग कुरा गर्दै विदेशमा पनि यस्तो संस्कार रहेको बताउँदै उनले सम्बोधन गर्ने कार्यक्रममा पनि आफूले बोल्न समय माग्ने बताए । उनले राजनीतिक संस्कारका लागि यस्तो गरेको बताए ।

श्रीमती आरजु राणा देउवामार्फत् मनोनयन दर्ता गराएका देउवा आजदेखि आफ्नो निर्वाचन क्षेत्रमा हुने सभालाई सम्बोधन गर्न पुग्दैछन् । देउवाले भोलि बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउसो गन्यापधुरा गाउँपालिकाको बडाल, १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउसो भागेश्वर गाउँपालिकाको रुपाल तथा २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय