काठमाडौं : अबदेखि मर्जरमा जाने कम्पनीहरुको सेयर कारोबार लामो समयसम्म रोक्का नहुने भएको छ । साथै, हाल सेयर कारोबार रोक्का रहेका कम्पनीहरुको पनि कारोबार खुला हुने भएको छ । नेपाल धितोपत्र बोर्डले बिहीबार (कात्तिक २४ गते) देखि लागू हुनेगरी ‘धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९’ स्वीकृत गरेको छ ।
यससँगै अब मर्जरमा जाने कम्पनीहरुको अधिकतम १५ दिन मात्र सेयर कारोबार रोक्का हुनेछ । यता, निर्देशिका लागू हुनुअघि गाभ्ने, गाभिने र प्राप्ति प्रक्रियामा रहेका कारण सेयर कारोबार रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनीबाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा हुने व्यवस्था गरिएको छ ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host