बस्नेतको दाबी : ६० हजार मतससिहत चुनाव जित्छु

नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले कम्तिमा ६० हजार मत ल्याएर ऐतिहासिक जित निकाल्ने दाबी गरेका छन्। भक्तपुर क्षेत्र नम्बर २ मा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहेका बस्नेतले जनताले ४ गते सूर्यमा र ६ गते रुखमा भोट दिने बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले केहीदिनअघि चुनावी प्रचारको कार्यक्रममा सम्बोधन गर्दैगर्दा निर्वाचनको मिति बिर्सिएकोप्रति कटाक्ष गर्दै बस्नेतले निर्वाचनको मिति समेत जानकारी नहुने ‘सुस्त दिमाग’ भएको भन्दै आलोचना गरे।


‘युवा साथीहरुले भन्न थाल्नुभएको छ, ठिकै हो, ४ गते सूर्यमा भोट दिने हो। मुलुकको विकास र समृद्धिको नायक, दुरदृष्टि भएको केपी ओलीलाई प्रधानमन्त्री बनाउने हो,’ बस्नेतले भने, ‘६ गते कांग्रेसको रुपमा भोट हाल्ने हो, निर्वाचन सकेपछि मतपेटिका गनेर खोली भएको मतपेटिकामा हाल्ने हो। र्याले र सिगाँन चुहाउने नेतालाई विदाई गर्ने हो।’

एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको गुमेको भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो देशको नक्सामा समेट्न गठबन्धनका दलहरुलाई घिसारेर, लतारेर संविधान संशोधनको लागि ल्याएको उनले दाबी गरे।

स्मार्ट सिटी, आधुनिक वीर अस्पताल, मनोहरा करिडोर, हनुमन्ते करिडोर, मानव अंग प्रत्योरोपण, क्यान्सर सेन्टर बनाउनेलगायतका भक्तपुरको विकासको मेरुदण्डको रुपमा रहेका आयोजनाहरुलाई अलपत्र पारी गठबन्धन सरकारले जनताको विकास प्रतिको चाहनामा तुसारापात गरेको भन्दै बस्नेतले आक्रोश पोखेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय