आयाेगले सूर्य थापालाई साेध्याे– ‘चुनाव प्रचार गर्न ‘भेलुबाजे’ लाई २ हजार रुपैयाँ दिएकाे हाे ?’

काठमाण्डाै – निर्वाचन आयाेगले प्युठानमा नेकपा एमालेबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार सूर्यबहादुर थापालाई पुन: स्पष्टीकरण साेधेकाे छ । मीनबहादुर बुढा (भेलुबाजे) लाई दुई हजार रुपैयाँ दिइ आफ्नो चुनाव प्रचारप्रसार गराएको भन्ने समाचार प्रकाशन भएकोप्रति ध्यानाकर्षण भएकाेले स्पष्टीकरण साेधेकाे आयाेगले जनाएकाे छ ।


‘निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होईन ? तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लङ्घनमा तपाईंलाई किन कारबाही हुनु नपर्ने हो ?’ स्पष्टीकरणमा भनिएकाे छ ।

आयाेगले पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना ecn.ppm@election.gov.np मा वा जिल्ला निर्वाचन कार्यालय प्युठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेस गर्न थापालाई निर्देशन दिएकाे छ ।

केही दिनअघि प्युठानमा भएकाे एक कार्यक्रममा मीनबहादुर बुढाले एमाले उम्मेदवार थापाले आफूलाई दुई हजार रुपैयाँ दिएर आफूलाई चुनाव प्रचार गर्न लगाएकाे भन्नुभएकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय