देउवालाई कारबाही माग गर्दै आयोगमा उजुरी

प्रधानमन्त्री शेरबहादुर देउवाले आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी परेको छ । स्थिर समयको बेला मङ्सिर २ गते प्रधानमन्त्री देउवाले डडेल्धुरास्थित रातो गुराँस रिसोर्ट प्रालिमा निर्वाचन आचारसंहिताको उल्लङ्घन गरी आम मतदातालाई बोलाई आश्वासन दिएको भन्दै समाजवादी केन्द्र नेपालका नेता युवराज सफलले निर्वाचन आयोगमा उजुरी दिएका हुन् ।

उजुरीमा भनिएको छ, ‘डडेल्धुरा जिल्लाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार रहेका नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले मिति २०७९।०८।०२ गते बिहान ११ बजेको समयमा डडेल्धुरास्थित रातो गुराँस रिसोर्ट प्रालिमा निर्वाचन आचारसंहिताको मौन अवधिको व्यापक उलङ्घन गरी आम मतदातालाई बोलाई आश्वासन दिने, आर्थिक प्रलोभन दिँदै जनही ५ हजारको दरले पैसा समेत बाँडेको भनी स्थानीय मतदाताले भनेको भन्ने समाचार आम सञ्चारमाध्यममा प्रकाशन÷प्रसारणसमेत भएको तथा सञ्चारमाध्यममा प्रसारित/प्रकाशित भिडियोमा सयौँ जना मतदाताको भीड उल्लेखित रातो गुराँस रिसोर्ट प्रालिमा देखिएको हुँदा निर्वाचन आचारसंहिता विरुद्ध काम गर्ने उम्मेदवार शेरबहादुर देउवालाई हदैसम्मको कारबाही गर्न निर्वाचन आयोग नेपाल, कान्तिपथ समक्ष यो निवेदन इमेलमार्फत पेस गरेको छु ।’


गलत प्रचार गरेकामा कांग्रेस र माओवादीको आपत्ति
काठमाडौँ, ३ मङ्सिर ।निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी गलत प्रचार गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आपत्ति प्रकट गरेका छन् ।निर्वाचनको अन्तिम घडीमा मतदातामा अन्योल सिर्जना हुने गरी रचिएको भ्रमपूर्ण षड्यन्त्रले एकथरी तत्वको राजनीतिक पराजयको मानसिकता पुष्टि गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल र माओवादी केन्द्रका केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले संयुक्तरुपमा जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

“कांग्रेस, माओवादी केन्द्रलगायत पाँच दल लोकतान्त्रिक वाम गठबन्धनप्रति पूर्ण प्रतिबद्ध छन् र गठबन्धनमा कोही कसैकाप्रति घात हुने कल्पनासमेत गर्दैनन्”, संयुक्त विज्ञप्तिमा भनिएको छ, “भ्रमपूर्ण र मिथ्या सूचनामा विश्वास नगर्न हामी आम नागरिकमा आह्वान गर्दछौँ ।”गत सूचनाप्रति आपत्ति जनाउँदै सो संयुक्त विज्ञप्तिमा यसलाई निर्वाचन अपराधका रुपमा लिएर कानुनी कारबाहीका लागि निर्वाचन आयोगको ध्यानाकर्षण गराइएको छ । कांग्रेस र माओवादीले अपराधपूर्ण यस काममा संलग्न व्यक्तिको खोजी गरी कानुनी कारबाहीका लागि सरकारसँग माग गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय