११०० मत गन्दासम्म पनि रवि लामिछानेको १०० मत पुगेन

काठमाडौं । चितवन-२ को मतगणनामा नेकपा एमालेले अग्रता कायमै छ । ११२६ मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले ५५४ मत पाएका छन् ।
यहाँ नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३९७ र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले ८७ मत पाएका छन् ।

लुम्बिनी ४ मा लोसपालाई अग्रता
लुम्बिनी, ५ मङ्सिर। रूपन्देही क्षेत्र नं ४ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको अग्रता सुरू भएको छ । प्रतिनिधिसभा सदस्यतर्फ विभिन्न क्षेत्रको मतपेटिकाबाट दुई हजार पाँच सय ४८ मत गणना हुँदा लोसपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले नौ सय ९४ मत प्राप्त गर्नुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय