प्रकाशमान सिंह ८ मतले अगाडि

काठमाडौं क्षेत्र नम्बर १मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह ८ मतले अगाडि छन्।

सोमबार राति साढे ९ बजेसम्ममा कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले ३ हजार ८७९ मत पाएका हुन्।

यस्तै उनका प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रवीन्द्र मिश्रले ३ हजार ८७१ मत पाएका छन्।

रवीन्द्रभन्दा प्रकाशमान ८ मतले अगाडि छन्।

यसअघि रवीन्द्रले प्रकाशमानलाई पछि पारिसकेका थिए। तर अहिले पुन: प्रकाशमानले अग्रता लिएका हुन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमले २३०३ मत पाएका छन्। नेकपा एमालेका उम्मेदवार किरण पौडेलले २२३२ मत पाए।

यता रमेश खरेलले भने १७६२ मत पाएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय