पिपुल्स हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँट हुँदै, सेयर पाउने भाग्यमानी कति जना होलान् ?

काठमाडौं : पिपुल्स हाइड्रोपावर कम्पनीको आइपीओ बुधबार (मंसिर ७ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार आफ्नै कार्यालय नक्साल काठमाडौंमा दिउँसो ४ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो । यता, पिपुल्सको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । ५ लाख १५ हजार ७८८ जनाले मात्र यसको सेयर हात पार्नेछन् ।

यसमा १२ लाख ३४ हजार ३१० जना आवेदकले १ करोड ४६ लाख २७ हजार ३९० कित्ताका लागि आवेदन दिएका थिए । हाइड्रोपावरले कात्तिक २५ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि ५६ लाख ६ हजार ३९० कित्ता आइपीओ जारी गरेको थियो । यो मध्ये ५% अर्थात् २ लाख ८० हजार ३२० कित्ता सामुहीक लगानी कोष र ३% अर्थात् १ लाख ६८ हजार १९० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

बाँकी ५१ लाख ५७ हजार ८८० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्ने ब्यवस्था रहेको थियो । यसमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । रेटिङ एजेन्सी केयर नेपालले पिपुल्सको आइपीओलाई केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । केयर नेपालले जनवरी ६ २०२२ मा रेटिङ दिएको थियो । यो रेटिङ आगामी डिसेम्बर २०२२ सम्म बाहल रहनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय