नेपाल हाइड्रो डेभलपर लिमिटेडको लाभांश घोषणा

नेपाल हाइड्रो डेभलपर लिमिटेड Nepal Hydro Developer ले लाभांश घोषणा गरेको छ। कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

जस अनुसार कम्पनीले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने १ करोड ५९ लाख ९६ हजार ५ सय रुपैयाँ बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशतले हुन आउने ८ लाख ४१ हजार ९ सय २१ रुपैयाँ ५ पैसा बराबरको नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी ३१ करोड ९९ लाख ३० हजार रहेको छ।

कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय