जथाभाबि बोल्दै हिडे गगन थापालाइ पार्टीबाटै कारबाही गर्छु : देउवा

काठमाडौ/सत्तारुढ दल नेपाली कांग्रेसभित्र प्रधानमन्त्री पदका दावेदारहरु धेरै भएपछि पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा झस्किएका छन् । कांग्रेसभित्र पार्टी सभापति देउवा सँगै बरिष्ठ नेता रामचन्द्र पौडेल, शेखर कोइराला, प्रकाशमान श्रेष्ठ र महामन्त्री गगन थापा प्रधानमन्त्रीका दाबेदार रहेका छन् ।

यसरी प्रधानमन्त्री पदका आकांक्षी धेरै भएपछि कांग्रेस सभापति देउवाले ति नेतालाई तह लगाउनेगरी रणनीति अख्तियार गर्दैछन् । उनले सकेसम्म ति नेताहरुलाई रोजेको मन्त्रालय दिने तथा राष्ट्रपतिको कार्ड फ्याक्नेसम्मको तयारी गरिरहेका छन् । यसका लागि देउवाले आफ्ना दूतलाई परिचालित समेत गरेको बालुवाटारमा चर्चा चल्न थालेको छ ।

नेताहरुले प्रधानमन्त्री पद माग्न थालेपछि उनले सत्तासाँझेदार पार्टीका नेतासँग सहमति लिनका लागि पठाएको चर्चा पनि चलेको छ । केही दिनअघि मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न प्रकाशमान बालकोट पुगेका थिए । यस्तै बरिष्ठ नेता पौडेल पनि नेकपा एसका अध्यक्ष माधवलाई भेट्न कोटेश्वर पुगेका थिए । उनीहरुलाई रिङ्ग्याएर अन्तिममा आफै प्रधानमन्त्री हुने दाउमा देउवा रहेका छन् ।

प्रधानमन्त्री दावेदार नेताले संसदीय दलको निर्वाचन लड्नेसम्मको घोषणाले कांग्रेस पार्टीभित्र एक खालको सन्नाटा नै छाएको बताईन्छ ।

देउवा आफ्नै नेतृत्वमा पार्टीलाई पहिलो स्थानमा ल्याउने काम भएकोले फेरी पनि आफ्नै नेतृत्वमा सरकार गठन गर्न चाहन्छन् । आफै अगाडी सर्नुको सट्टा उनी सत्तासाँझेदार दलका शिर्ष नेताले आफ्नो नाम सिफारिस होस भन्ने चाहना राखेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) पनि प्रधानमन्त्रीका लागि खुट्टा उचालेर बसिरहेका छन् ।

प्रचण्ड कांग्रेससँग आधा आधा कार्यकाल भएपनि प्रधानमन्त्री पद बाँडेर चलाउन चाहन्छन् । उता एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि आफूले पाए प्रधानमन्त्री हुन तम्सिएका छन् । तर यस विषयमा कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड मान्ने पक्षमा देखिदैन ।

समाजवादीले आफूले प्रधानमन्त्रीमा दाबी राखेपनि अन्तिममा सभामुख दिए मान्ने तरखरमा रहेको छ । यस विषयमा मेटमणी चौधरीले मुख नै खोलिसकेका छन् । उनले अन्मित बटमलाइनको रुपमा सभामुख हुनसक्ने आंकलन गरेका हुन ।-सुदर्शन खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय