एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिने

सरकारले सबै नेपालीलाई एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने भएको छ ।


सरकारमा सहभागी राजनीतिक दलहरूको समझदारीका आधारमा सरकारको न्यूनतम साझा कार्यक्रममा एक वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने कुरा समेटिएको हो ।

सोमबार साझ सिंहदरबारमा न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले एक वर्षभित्र सबै नेपालीलाई राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने बताए ।

हालसम्म राष्ट्रिय परिचयपत्र वितरण कार्यक्रम सोचे अनुसार प्रभावकारी हुन सकेको छैन् । राष्ट्रिय परिचयपत्र पूर्ण कार्यान्वयनमा आएपछि सरकारी सेवा लिन डकुमेन्ट बोक्ने झन्झट अन्त्य हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय