कालिन्चोक दर्शनको आइपीओ बिहीबार(भोलि) बाँडफाँट हुने

काठमाडौं : कालिन्चोक दर्शन कम्पनीको आइपीओ बिहीबार (माघ १९ गते) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार बिहीबार बिहान ९.३० बजेदेखि १० बजेसम्म आफ्नै कार्यालय नारायणचौर नक्साल, काठमाडौंमा बाँडफाँटको तयारी गरिएको छ । यसको प्री–अलमेन्ट आज (माघ १६ गते) सम्पन्न भएको छ । यता, कालिन्चोक दर्शनको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा १८.५२ गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।

यसमा १४ लाख ३२ हजार ८८१ जनाले कुल १ करोड ६६ लाख ८ हजार कित्ताको लागि आवेदन दिएका छन् ।जसमा ८९ हजार ६४० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १३ लाख ४३ हजार २४१ जनाको भने हात खाली हुनेछ । कम्पनीले माघ ३ गतेदेखि माघ ६ गतेसम्म सर्वसाधारणका लागि १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता आइपीओ जारी गरेको थियो । यो मध्ये १०% अर्थात् १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ ।

जसमध्ये ५% अर्थात् ५४ हजार कित्ता सामुहिक लगानी कोष र २% अर्थात् २१ हजार ६०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गरेको छ । केयर रेटिङ नेपालले निष्कासनकर्ता कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम जनाउने ‘केयर एनपी डबल बी प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय