माई खोला हाइड्रोपावर लिमिटेडले कुल जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ रहेको कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो भने दोस्रो चरणमा सर्वसाधारणमा निष्कासन गरिने शेयरको १० प्रतिशतले हुन आउने १ लाख ५२ हजार ९४१ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीमा विक्री गर्न लागेको हो ।
यो आईपीओमा लगानीकर्ताले चैत ९ सम्म आवेदन दिन सक्ने छन्। स्थानीयको हकमा माग अनुसार आवेदन नपरेमा चैत २४ गतेसम्म आवेदन दिन सकिने छ। यो आईपीओ खरीदका लागि न्युनतम १० कित्ता आवेदन दिन सकिने छ भने अधिकतममा आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले १० हजार कित्ताका र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
त्यस्तै मोदी ईनर्जी लिमिटेडले जारी पूँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको कम्पनीले जारी पूँजीको १० प्रतिशत अर्थात् २९ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरको २९ लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र पर्वत जिल्ला अन्तर्गत साविकक दुर्लुङ्ग गाविस हाल कुश्मा नगरपालिका -३, साविक बाजुङ्ग गाविस हाल मोदी गाउँपालिका ५, साविक देवपुर गाविस हाल मोदी नगरपालिका २, साविक तिलहर गाविस हाल मोदी गाउँपालिका ६ र साविक चुवा गाविस हाल कुश्मा नगरपालिका ८ का स्थानीय बासिन्दाहरुका लागि निष्कासन गर्न लागेको हो।
यसका साथै सर्वसाधारणमा निष्काशन हुने शेयरको १० प्रतिशतले हुन आउने ४ करोड ३५ लाख रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ४ लाख ३५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो। कम्पनीले सर्वसाधारणलाई निष्काशन गर्ने शेयरको ५ प्रतिशत अर्थात २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात ८७ हजार कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याएको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले न्यूनतम १० कित्ता देखि अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले न्यूनतम १० कित्ता देखि अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। आईपीओ निष्कासन बन्द छिटोमा चैत ९ गते हुनेछ भने माग बमोजिम आवेदन नपरेमाआयोजन प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि ढिलोमा चैत २४ गते हुनेछ।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host