भोलिबाट सर्वसाधारणका लागि  निष्कासन सानिमा मिडिल तमोर हाइड्रोपावर कस्तो छ ? आवेदन दिनुअघि एकपटक हेरौं

काठमाडौं : सानिमा मिडिल तमोर हाइड्रोपावरले फागुन २६ गते शुक्रबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको १५% अर्थात ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७५० कित्ता साधारण सेयर सर्वसाधारणलाई छुट्याएको थियो । जसमध्ये १०% (४ लाख ९९ हजार ८७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि र ५% (२ लाख ४९ हजार ९३६ कित्ता) सेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिसकेको छ ।

बाँकी ४२ लाख ४८ हजार ९३८ कित्ता सेयर कम्पनीले सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । यसमा फागुन ३० गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा चैत १० गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम सानिमा क्यापिटल लिमिटेडले गरेको छ ।

रेटिङ

रेटिङ एजेन्सी केयर नेपालले सानिमा मिडिल तमोर हाइड्रोपावरलाई ‘केयर एनपी डबल बी’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ । केयर नेपालले सन् २०२२ अप्रिल ५ मा उक्त रेटिङ दिएको थियो । यो रेटिङ सन् २०२३ अप्रिल ४ सम्म बाहल रहनेछ ।

कति कित्ताका लागि दिने आवेदन ?

सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ पाउन पनि भाग्यकै भरोसा गर्नुपर्ने देखिएको छ । कम्पनीले सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९३८ कित्ता मात्र सेयर निष्कासन गरेको छ । यसआधारमा, यो आइपीओ न्यूनतम १० कित्ताका दरले बाँडफाँट गर्दा ४ लाख २४ हजार ८९३ जनाले मात्र सेयर हात पार्नेछन् । यसर्थ, १० कित्ताका लागि आवेदन दिँदा पर्याप्त हुने देखिन्छ । यद्दपि, कम्पनीले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ ।

आयोजना सम्बन्धी विवरण

‘सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड’ कम्पनी ऐन, २०६३ अन्तर्गत २०७३ वैशाख २३ गते पब्लिक कम्पनीको रुपमा दर्ता भएको हो । यसको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं ४ धुम्बाराहीमा रहेको छ भने जलविद्युत् उत्पादन केन्द्र संखुवासभा, धर्मदेवी नगरपालिका वडा नं ४ मा रहेको छ । यसको आयोजना स्थल ताप्लेजुङ्ग जिल्ला फुङलिङ नगरपालिका वडा नं १० मा अवस्थित छ ।

कम्पनीले ताप्लेजुङ जिल्लास्थित तामोर खोलाको पानी प्रयोग गरी ७३ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस जलविद्युत आयोजनाले विद्युत उत्पादन गर्न २०७५ मंसिर २५ गते अनुमति प्राप्त गरेको थियो । र, यो अनुमतिपत्र वि सं २११० जेठ २१ गतेसम्म बाहल रहने कम्पनीको भनाई छ । आयोजनाको कुल अनुमानित लागत १३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ ।

पुँजी संरचना र वित्तीय प्रक्षेपण

सानिमा मिडिल तमोर हाइड्रोपावरको अधिकृत पुँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी ३ अर्ब ३३ करोड २५ हजार रुपैयाँ छ । यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ७०% र आयोजना प्रभावितसहित सर्वसाधारण सेयरधनी समूहको हिस्सा १०% रहनेछ । सर्वसाधरण लगानीकर्ताको भागमा ३०% हुनेछ ।

कम्पनीले आर्थिक वर्ष २०८१–८२ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन । उक्त आ.व. सम्म आइपीओ बिक्रीपछि कायम हुने ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँ पुँजी नै यथावत् रहनेछ । चालु आर्थिक वर्षको अन्त्यसम्म ६ करोड ६२ लाख ९० हजार रुपैयाँ नोक्सान हुने वित्तीय प्रक्षेपणमा उल्लेख गरेको छ ।

त्यस्तै, २०८१—८२ मा ४२ करोड ६४ लाख ६ हजार रुपैयाँ नाफा कमाउने प्रक्षेपण गरेको छ । यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी १ रुपैयाँ ९९ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ७५ पैसा पुग्ने प्रक्षेपण छ । आर्थिक वर्ष २०८१–८२ सम्ममा प्रतिसेयर आम्दानी १२ रुपैयाँ ८० पैसा पुग्नेछ । प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ५४ पैसा हुने प्रक्षेपण छ ।

कार्यकारी र आधारभूत सेयरधनीहरु

सानिमा मिडिल तमोर हाइड्रोपावरको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी डा. जुगल भुर्तेलले सम्हालेका छन् । उनले वातावरणीय इन्जिनियरिङमा जापानबाट विद्यावारिधी (पी.एच.डी.) गरेका छन् । विनय कुमार श्रेष्ठ सञ्चालक समितिको अध्यक्ष पदमा रहेका छन् । यस कम्पनीमा सानिमा माई हाइड्रोपावरको सबैभन्दा बढी ५३ लाख ३२ हजार कित्ता सेयरमा लगानी रहेको छ ।

एनआरएन इनफ्रास्टक्चर एन्ड डेभलपमेन्टको १२ लाख ५१ हजार २२५ कित्ता र सानिमा बैंकको ११ लाख १० हजार ८३३ कित्ता सेयर लगानी रहेको छ । यस्तै, कान्तिपुर पब्लिकेशन लिमिटेडका प्रबन्ध सञ्चालक कैलाश प्रसाद सिरोहियाको पनि ३ लाख ५५ हजार ४६७ कित्ता सेयर रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय