एमसीसीभन्दा संविधान माथि, सैन्य सम्झौताबाट टाढा, माओवादी बैठकमा एमसीसीको व्याख्यात्मक घोषणा सुनाइयो,

काठमाण्डाै – नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा आज आइतवार अमेरिकी सहायता परियोजना एमसीसीको व्याख्यात्मक घोषणा पढेर सुनाइएको छ । प्रमुख सचेतक देव गुरुङले ११ बुँदे घोषणा पढेर सुनाउनुभएको छ ।

आजै बस्ने प्रतिनिधि सभाको बैठकबाट अनुमोदन गर्नका लागि सत्ता गठबन्धनका दलले एमसीसीको व्याख्यात्मक घोषणा तयार पारेका छन् । यो घोषणालाई मन्त्रिपरिषद्ले पारित गरेर संसदमा पेस गर्ने र संसदबाट सङ्कल्प प्रस्तावको रूपमा पारित गर्ने तयारी छ ।

प्रमुख सचेतक देव गुरुङले वाचन गरेको व्याख्यात्मक घोषणामा एमसीसी सम्झौताभन्दा नेपालको संविधान माथि रहने प्रष्ट उल्लेख गरिएको छ ।

यस्तै बौद्धिक सम्पत्तिमा नेपालकै हक लाग्ने, लेखापरीक्षण पनि नेपालको कानुनअनुसार हुने विषयलाई ग्यारेन्टी गरिएको छ । एमसीसी सम्झौता इन्डो प्यासिफिक स्ट्रेटेजी आईपीएस लगायत कुनै पनि सैन्य सम्झौताबाट टाढा रहेको सैन्य सम्झौतामा एमसीसी नबाँधिने उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय