नेप्से घट्नेक्रम किन रोकिएन, अब कता जाला बजार ?

 

 

 

काठमाडौं : सेयर बजारमा गिरावट आउनेक्रम बुधबार पनि जारी रहेको छ । नेप्से सूचक तल झर्नेक्रम नरोकिंदा आम लगानीकर्ता अन्योलमा परेका छन् । यस दिन नेप्से सूचक ६३.९८ अंकले घटेको छ । यस गिरावटपछि सूचक २५४६.६० विन्दुमा अडिएको छ । ३ अर्ब ६२ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । वित्तीय प्रणालीमा तरलता संकुचन र ब्याजदर वृद्धिले बजारलाई अप्ठेरोमा पारेको अनुमान गरिएको छ ।

घटेका बेला लगानीकर्ताहरु थप आत्तिएर बिक्री गर्ने भएकाले पनि सूचक थप दबाबमा परेको हो । तथापि, बजार निरन्तर घट्नेमात्र गर्दैन । तल झरेको बजार फेरि माथि पनि जान्छ । लगातार घट्दा बजारमा सेयर भाउ निकै सस्तो भइसकेको छ । सस्तो भएकाले अब विस्तारै अल्पकालीन कारोबारी र लगानीकर्ता दुवै आकर्षित हुने अनुमान गर्न सकिन्छ । घटेका मूल्यमा सेयर गर्न व्यक्तिगत र संस्थागत दुवैथरी लगानीकर्ता आकर्षित हुने गर्छन् ।

यसैगरी, म्युचुअल फन्डहरुले पनि बजार घट्ने दाउ हेरिरहेका हुन्छन् । यसर्थ, घटेका बेला विस्तारै किन्दै जाँदा बढेका बेला बेच्ने अवसर प्राप्त हुन सक्छ । यसका लागि लगानीकर्ताहरुले सम्बद्ध कम्पनीहरुको इपीएस, पीई रेसियो, नाफा, रिजर्भ लगायतका सूचकमा ध्यान दिनुपर्ने हुन्छ ।

बजार निरन्तर घटेपछि सुधारका लागि सरकार पनि तात्एिको छ । बुधबार मात्रै अर्थमन्त्रीसहितका सरोकारवाला निकायहरुले सेयर बजार सुधारका लागि लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अर्थमन्त्रीले पुँजी बजारका सबै औजारहरु क्रमशः विकास गर्दै जाने बताएका छन् । अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा अझै थुपै्र नयाँ काम गर्न बाँकी रहेको बताएका छन् । ती काम गर्न सरकार र नियामक निकाय लागिपरेको पनि उनले बताएका छन् ।

अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा अर्थमन्त्री शर्माले पुँजी बजारमा ११ लाख प्रत्यक्ष लगानीकर्ता र ५० लाखभन्दा बढी डिम्याट खाता खोल्नेको सख्या भइसकेकाले यो क्षेत्र बृहत्त बन्दै गएको बताएका हुन् । पुँजी बजारका संरचनाहरु सुधार गर्नका लागि तदारुकताका साथ काम गरिने पनि उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय