नेप्सेमा ३ कम्पनीको बोनस शेयर सुचिकृत

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज बुधबार ३ कम्पनीको बोनस शेयर सुचिकृत भएको छ । आज नेप्सेमा ३ कम्पनीको गरि कुल ९५ लाख ९९ हजार ९ सय २० दशमलव ९६३९ कित्ता बोनस शेयर शुचिकृत भएको हो ।

आज सूर्या लाइफ इन्स्योरेन्सको १२.७० प्रतिशतले हुन आउने २८ लाख ७३ हजार ८ सय ७६ कित्ता बोनस शेयर, सेन्चुरी कमर्शियल बैंकको ५.७५ प्रतिशतले हुन आउने ५१ लाख ९४ हजार ७ सय ९६ दशमलव ९६३९ कित्ता बोनस शेयर र प्रिमियर इन्स्योरेन्सको १४.२५ प्रतिशतले हुन आउने १५ लाख ३१ हजार २ सय ४८ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरीद बिक्रि गर्न सक्ने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय