सिटिजन लाईफले आईपीओ निष्काशन गर्दै , डाक्यो वार्षिक साधारण सभा

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनीले चैत्र ११ गतेका लागि आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको साधारणसभा अलोफ्ट ठमेल काठमौडौमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।

 

सभाले गत आर्थिक वर्ष २०७६र०७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नेछ । सभामा संस्थाले चालू आर्थिक वर्ष २०७७र०७८ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्नेलगायतको एजेण्डा छ ।

साथै, कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गर्ने सम्बन्धमा पनि सभाबाट अख्तियारी प्राप्त गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय