दक्षिण कोरियामा कोरोना भाइरस संक्रमण उच्च
सोल : दक्षिण कोरियामा गत २४ घण्टामा थप २ लाख ६६ हजार ८५३ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कुल संक्रमित संख्या ३९ लाख ५८ हजार ३२६ जना पुगेको स्वास्थ्य अधिकारीहरूले शुक्रबार बताएका छन् । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडीसीए) को अनुसार ओमिक्रोन भेरिएन्ट सङ्क्रमणले सोल महानगरीय क्षेत्रमा उच्च भएको जनाइएको छ ।

ग्योन्गी प्रान्त र पश्चिमी बन्दरगाह सहर इन्चेनमा बसोबास गर्ने नयाँ संक्रमित संख्या क्रमशः ७६ हजार ७२२ र १६ हजार ६८१ जना रहेका छन् ।  गम्भीर अवस्थामा रहेका संक्रमित संख्या अघिल्लो दिनको तुलनामा ३१ जनाले बढेर ७९७ जना पुगेको छ ।

कोरोना संक्रमणका कारण थप १८६ जनाको मृत्यु पुष्टि भएको छ । यसैसँगै कोरोनका कारण ज्यान गुमाउनेको कुल मृतकको संख्या ८ हजार ५८० जना पुगेको छ । कुल मृत्युदर ०.२२ प्रतिशत रहेको  छ । कुल जनसंख्याको ८७.४ प्रतिशतले कोभिड–१९ खोप लगाएका छन् । पूर्णरूपमा खोप लगाएका मानिसहरु ४ करोड ४८ लाख ६६ हजार ७० जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय