जसरी आकासमा जहाज उड्छ , तेसरी नै जहाज को भाडा पनि माथि , कुन रुटकाे भाडा कति ?

आन्तरिक हवाई उडानको भाडा बढेको छ। नेपाल आयल निगमले लागु हुने गरि आन्तरिक हवाई इन्धनको मुल्य बढाएपछि आन्तरिक हवाई उडान कम्पनीहरुले भाडा बढाएका हुन्।

 

शनिबारदेखि लागू हुने गरि निगमले मुल्य बढाएकाले इन्धनशुल्क बढेको र यसले आन्तरिक हवाई उडानको मुल्य पनि बढाएको यति एअरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए।

उनकाअनुसार सबैभन्दा धेरै विराटनगर–नेपालगञ्ज रुटको भाडा पाँच सय ४० रुपैयाँले बढेको छ । यस्तै, काठमाण्डौ–धनगढीको भाडा चार सय ४५ रुपैयाँ बढेको छ । यस्तै काठमाण्डौ–भद्रपुरको तीन सय, काठमाण्डौ–सुर्खेतको तीन सय ४५ र  काठमाण्डौ–नेपालगञ्जको तीन सय ३० रुपैयाँ भाडा बढेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय