बारम्बार विबादमा आएको इमर्जिङ नेपाल कम्पनीमा  , पहिलो दिन मै २ लाख बढी खरिदको मागः

काठमान्डू : बारम्बार पुजीको विबादमा आएको इमर्जिङ नेपाल कम्पनीमा , पहिलो दिन मै २ लाख बढी खरिदको माग भइरहेको छ। भने बिक्रि अझै नुन्य छ।
कम्पनीको आज बाट नेप्सेमा कारोबार भएको छ जस्मा पहिलो कारोबारको ;लागि रु २८७.१० प्रति कित्ता ओपेनिङ्ग रकम पाएको थियो।

 

कम्पनीले माघ २६ गते, बुधबारदेखि फागुन १ गते, आइतबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरको ५ लाख ५५ हजार ६ सय कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे थियाे । जसमध्ये चुक्ता पूँजीको २ प्रतिशत अर्थात ११ हजार ११२ कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २७ हजार ७८० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ताका लागि सर्वसाधारणहरूले आवेदन दिन पाउँथे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । अन्तिम दिनसम्ममा २३ लाख २८ हजार ७ सय ६ जनाले आवेदन दिएका थिए । जसमध्ये, २ हजार ५ सय ५२ जनाकाे रद्द थिए । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ५१ हजार ६ सय ७० जनाले १० कित्ता सेयर प्राप्त गरेका थिए । जसमध्ये ८ जनाले ११ कित्ता सेयर पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय