भर्खर आइपिओ बाडफाड सम्पन्न भएको जाल्पा सामुदायिक लघुवित्तले आफ़्न्नो कम्पनी को रिपोर्ट अनुसार अति उच्च देखाएको छ। जाल्पा सामुदायिक लघुवित्तले आफ्नो नेट वोर्थ को ३ गुणा सम्म को ओपेनिङ्ग रेञ्ज तोक्ने छ। जसमा जाल्पा सामुदायिक लघुवित्तको ओपेनिङ्ग रेञ्ज रु. १६४.६० देखि रु ४९३.८ सम्म तोक्ने छ। आज सम्म हेर्ने हो भने कम्पनीहरु ले पहिलो कारोबार नेटवोर्थ को उच्च बिन्दु बाटै गरेको हुन्छन। यसको हिसाबले जाल्पा सामुदायिक लघुवित्तका शेयर होल्डर ले पहिलो दिनमै रु.४९३0.८ कमाउने छन्।
संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ५ लाख २२ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये चुक्ता पूँजीको ०.५ प्रतिशत अर्थात ८ हजार कित्ता संस्थाका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात २६ हजार १०० कित्ता म्युचुअल फण्डका लागि छुट्ट्याइएकाे छ । बाँकी रहेको ४ लाख ८७ हजार ९०० कित्तामा सर्वसाधारणहरूले आवेदन दिन पाउँथे ।
संस्थाकाे आईपीओमा परेकाे आवेदनले नयाँ रेकर्ड कायम गरेकाे थियाे । अन्तिम दिनसम्ममा २६ लाख ५९ हजार ५४० जनाले ३ करोड २५ लाख २० हजार ५८० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा ६६.६५ गुणा धेरै हो ।
कति पुग्ला त जाल्पा सामुदायिक लघुवित्तको शेयर भ्यालु ??
कम्पनीकको विवरण हेर्दा र अरु येस्तै लघुवित्तसंग जुदाउदा भ्यालु रु.२००० प्रति कित्ता काट्ने देखिन्छ। तर एती नै चै भन्न मिल्दैन।
ताजा समाचार
लोकप्रिय
© 2023, All rights reserved to Mero ShareBajar // Website By Lumbini Host