राष्ट्र उत्थान लघुवित्तको आज शेयेरमा सकारात्मक सर्किट

राष्ट्र उत्थान लघुवित्तको आज शेयेरमा सकारात्मक सर्किट लागेको छ। कम्पनी आज रु.७४५ भएर कारोबार रोकिएको छ जस्मा रु.६७. अंकले आज राष्ट्र उत्थान बढेको थियो।
फागुन २६ गते नेप्से र कम्पनीबिच धितोपत्र सूचीकरण सम्झौता भएको हो । कम्पनीको शेयरमूल्य पहिलो कारोबारको दिन अधिकतम ५०२ रुपैयाँ २९ पैसा मा कारोबार भएर १० प्रतिसत सर्किट हानेमा प्रतिकित्ता मूल्य ५५३ रुपैयाँ  पुग्ने छ भने न्यूनतम १६७ रुपैयाँ ४३ मा कारोबार भएर १० प्रतिसत घटेमा प्रतिकित्ता मूल्य १५० पुग्ने छ।  यसको अर्थ आइतबार कम्पनीको १० कित्ताको मूल्य अधिकतम ५ हजार ५ सय ३० पुग्न सक्ने छ भने न्युनतम १ हजार ५ सय सम्म  पुग्न सक्ने छ।

लघुवित्तले  ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो। लघुवित्तले निष्काशन गरेको  कुल ८ लाख ५० हजार कित्ता शेयरमध्ये ०.५ प्रतिशत अर्थात १३ हजार कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको थियो । सर्वसाधारणकालागि बाँकी ७ लाख ९४ हजार ५०० कित्ता शेयरका सुरक्षित गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय